पर्खी बसेछु त्यही ठाउँमा
जहाँ तिमी आउने भन्थ्याै
थोपा पानीहरूको माझमा
रुझी-भिजी अझैँ म कुर्छु
तिमी आउँ या नआउ
म सातै दिन त्यही बाटो हेरी
बस्नेछु सम्झदै तिम्रो त्यो मुस्कानलाई
मायामा परेछु म आज यो के भयो
छायाँ तिम्रै चाहन्छु जीवनमा मेरो
मायामा परेछु मआज यो के भयो
छायाँ तिम्रै चाहन्छु जीवनमा मेरो
केही अघिको कुरा यो
भेटेको उसलाई पोखरामा
आँखा मेरो अडियो उसको
ति गुलाबी गालामा
हिँडे म नि पछिपछि भुले अब सब कुरा
मनमा मेरो खेल्छन् कुरा तर भन्न सक्छु र
सुस्तरी-सुस्तरी
हिँडे म उनको तिर
उनले हेरिन मलाई
गहिरा ति आँखाले
बढ्यो मेरो ढुकढुकि
ऊ पनि आइन म तिर
सोधिन मलाई यदि कहिँ बाट चिनेको
छु किन
रोकिन मैले
आफुलाई भने सारै नै राम्रो तिम्रो मुहार देखेर
लाग्यो मिठो होला तिम्रो आवाज
मेरो साँझ बनाइदेउ अब
एक कप कफी को साथ
पुगेर त्यो कुनाको क्याफेमा
गराैं हामी कुराकानी
खुलेर, भुलेर
सबै कामसाम, बस्छु , तिमीलाई नै सुनेर
हैन, हैन, ढिलो भइराछ
आज बरू अरू दिन आउँछु
गाउँला हामी सँगैसँगै गीत पनि
भनि
आज नि छैन कोहि कोहि
आशामा बित्न थाल्यो
जिन्दगी
राखेछु तिम्लाई मुटु माझमा
आजको साझ तिम्रो यादमा फेरी
नशालु तिम्रा ति आँखालाई
सम्झिदै
बस्नेछु सम्झदै तिम्रो त्यो मुहारलाई
मायामा परेछु म
आज यो के भयो
छाया तिम्रै
चाहन्छु जीवनमा मेरो
मायामा परेछु म
आज यो के भयो
छाया तिम्रै चाहन्छु
जीवनमा मेरो ।
You can watch the full music video here:
comment 0 टिप्पणीहरू
more_vert